‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

रुबी टिम भ्यालीबाट फर्कियो ‘नीरफूल’

आश्विन ३०, काठमाडौं , कलाखबर संवाददाता (दुई साताको सुटिङ यात्रापछि धादिङको रुबी भ्यालीबाट फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ । खराब मौसमका कारण निर्धारित सात दिनको सेडुल नाघेर दुई साताको पुगेको फिल्म युनिटले जनाएको छ ।

भुकम्पका कारण विछोड खेप्नु परेको एक परिवारका सदस्यहरुले पुर्नमिलनका लागि गरेको संघर्षमा आधारित फिल्म खिच्न टोली गत साउनमा पनि रुबी भ्याली पुगेको थियो । निरन्तर बर्षा र हुस्सुका कारण सात दिन छायांकनपछि फर्केको सुटिङ टोली दसैं टिकाको भोलिपल्ट दोस्रोपटक रुबी भ्याली प्रस्थान गरेको थियो । यसपटक पनि मौसमले खासै साथ नदिएपनि सम्पुर्ण कार्य सकाएर फर्केको निर्देशक फूलमान वलले जनाए ।

‘रुबी भ्यालीको पाङसाङ पासमा हामीले भुकम्प जानुअघि र पछिको सेट नै निर्माण गरेका थियौं’ निर्देशक वलले भने, ‘यो काम अघिल्लो पटक संभव भएको थिएन ।’ समुद्रि सतहबाट ३८ सय मिटरको उचाईमा रहेको यही पाङसाङ पासमुनिको हिउँमा ६ महिना अघि एक ताइवानी जोडी फसेको थियो र ४७ दिनपछि प्रेमिका मरेको अवस्थामा उद्धार भएको थियो ।

‘हामीले पनि निकै दुस्ख पायौं,’ निर्देशक वलले भने, ‘विहान एघार बजेसम्म मात्रै हिमाल र आकाश खुल्थ्यो, त्यही भएर चार बजे नै उठेर सेटमा पुग्थ्यौं । एघार बजेपछिको फुर्सदमा चाहिँ धेरैजसो साथीहरु रुबी र क्रिस्टल खोज्न डाँडाकाँडा चढ्थे ।’

फिल्ममा नायक दयाहाङ राई भेंडा गोठालोको भूमिकामा छन् । यसको सुटिङका लागि पनि निकै दुस्ख खेप्नु परेको निर्देशक वलले सुनाए । ‘भदौ अन्तिमपछि भेंडाहरुको उधौली शुरु हुनेरहेछ, हामी सुटिङको लागि रुबी भ्याली पुग्दा भेंडाहरु तल गाउँतिर झरिसकेका थिए, तल झरेपछि भेंडाहरुलाई माथि ल्याउन निकै मुश्किल पर्‍यो,’ उनले भने, ‘७ जना मान्छेहरु लाएर तिप्लिङ गाउँबाट भेंडा त ल्यायौं, तर एकदिनको बाटोमा भेंडाले तीनदिन लगाइदियो ।’

बाटोको असुविधाले अर्को दुस्ख खेप्नुपरेको उनले सुनाए । भरिया र खच्चडमा भरपर्नु पर्ने भएकोले सबै उपभोग्य सामाग्री तीन सय प्रतिशतले महंगो परेको उनले दावी गरे । ‘काठमाडौंबाट १६ सय रुपैंयामा लगेको चामल रुबी भ्याली पुग्दा ५६ सय रुपैंया पर्‍यो’ उनले भने, ‘दुई ठाउँमा भरिया लाउँदा एक बोरा चामलमै चार हजार रुपैंया जाने रहेछ ।’ एउटा कुखुराको पेरुङगो बोक्न घोडाका लागि पाँच मिनेटको दुरीमा पनि दुई हजार रुपैंया भाडा लिएको उनले सुनाए ।

‘सरकारले पर्यटन क्षेत्र घोषणा गरेको भएपनि प्रबद्र्धनका लागि रुबी भ्यालीमा खासै पहलकदमी भएको रहेनछ’ उनले भने, ‘स्थानियस्तरमा पनि खासै योजना सहित काम भइरहेको पाइनँ । पाङसाङ पासमा हाम्रो किचेन टिमले एक घण्टाको दुरीबाट पानी ओसारेर खुवाउनु पऱ्यो । स्थानियसँग केही वाल्टी आकाशे पानी किन्न पनि तीन हजार तिऱ्यौं ।’ रुबी भ्यालीको पर्यटन प्रर्बद्धनमा स्थानिय पनि उदासिन रहेको उनले गुनासो गरे ।

वलका अनुसार फिल्मले रुबी भ्यालीकै एक परिवारको कथा समातेको छ । रुबी भ्यालीकै जीवनशैली, संस्कृति र विषयबस्तु पहिलोपटक फिल्ममा आउन लागेको पनि उनले दावी गरे । नेपाल–म्यानमार फ्रेण्डसीप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको ‘नीरफूल’मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी घिसिङ, पुष्कर गुरुङ, सरोज अर्याल, सरिता गिरी, बुद्धि तामाङ, राजन खतिवडा, मानस राज, सुरेश चन्द, रोशन फ्युबा लगायतको अभिनय रहेको छ ।

फिल्मको कार्यकारी निर्माता डोमा सोनाम रहेकी छन् भने कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, जापानबाट उदय लामा, इजरायलबाट चन्द्रमाया तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर, नेपालबाट अशोक थापा निर्माता रहेका छन् । सचिन घिमिरे र निर्देशक वलकै पटकथा रहेको फिल्मको छायांकन प्रमोद कार्कीले गरिरहेका छन् भने संगीत अर्जुन पोखरेलको रहने छ ।

निर्देशक वलले यसअघि छोटो फिल्म ‘सेलफोन’ निर्देशन गरेका थिए । यो छोटो फिल्मले नेपाल, चीन, अमेरिका, भारत, बंगलादेश, क्यानडा लगायत विभिन्न मुलुकका अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा छनौट र प्रदर्शन हुनुका साथै अवार्ड समेत पाएको थियो ।

 

 

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...