Logo

सगरमाथा आरोही दाबुटी शेर्पालाई यसरी एरर्पोटमा स्वागत अभिनन्दन गरिए ( भिडियो सहित )


कलाखबर संवाददाता,जेष्ठ,७–काठमाण्डौ । विश्वको सर्वाेच्च शिखर सगरमाथा चुमेर आईताबार वारिष्ठ दाबुटी शेर्पा काठमाण्डौको राजधानी त्रिभुवन विमान स्थल आई पुगेकी हुन । उनको सफल आरोहण पश्चात राजधानी आई पुगेकी शेर्पालाई स्वागत तथा अभिनन्दन गर्न आम नेपालीहरु लम बद्ध रुपमा देखिए ।

खुशी र उल्लाशको मुहार लिएर लाईनमा उभि रहेका दाबुटी शेर्पालाई भेटन निकै नै आतुर देखिए । एर्पोटमा हातमा खदा, फूलको माला तथा नेपाली झण्डा फर्फराउदै आफन्त परिवार तथा आफ्नो फ्यानहरु उभि रहेका थिए । जब उनी र उनकी गाईड पासाङ ग्याल्जेन शेर्पा विमानबाट ओर्लेर बाहिर निस्किए उनलाई र उनकी गाईडलाई सबैले अंकमाल गर्दै बधाई दिए ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा चुमेर आफ्नो नाम मात्र होईन सारा नेपालीको ईत्जत पहिचान कायम गरेकोमा आमा डोमा शेर्पाले निकै खुशी व्यक्त गरिन् । तीन पटक सम्म सगरमाथा आरोहण गरिसकेका पासाङ ग्याल्जेन शेर्पाले पहिलो पटक नेपाली चेलीको नेतृत्व लिएर आफ्नो यात्रा सफल भएकोमा निकै खुशी लागेको बताउनु भयो ।

साथै आरोही दाबुटी शेर्पाले आफ्नो यो अभियानलाई सफल हुनुको पछाडी आर्थिक सहयोगी व्यक्तिहरुलाई विशेष गरि धन्यबाद व्यक्त गरिन् । कुनै पनि हिमाल आरोहण गर्नुको पछाडी शेर्पा गाईडको महत्वपूर्ण भूमिका रहने समेत उनले बताईन् । आफु राजधानीबाट टाँकुरा सम्म पुग्दाको अनुभब शेर्पाले यसरी व्याक्त गरिन् । भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्