Logo

सगरमाथा आरोही दुई नेपालीलाई सम्मान


कलाखबर संवाददाता,२९,जेठ–काठमाण्डौ । रेड च्यारेद्वारा सोमबार सम्मान तथा पत्रकार सम्मेलन कार्यक्रमको आयोजन गरिएको । अन्नपुर्ण होटल दरबारमार्गमा आयोजित सो कार्यक्रममा नेपालको पहिलो कफी बाष्ठि तथा यो वर्षको सफल आरोही दाबुटी शेर्पा र सहयोगी गाईड पासाङ ग्याल्जेन शेर्पालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा आनन्द पोख्रेल रहेका थिए भने विशिष्ट अतिथिमा आङ दावा शेर्पा रहेका थिए । अन्य अतिथिहरुमा शेर्पा संघ तथा विभिन्न कफी सपका पदाधीकारीहरु रहेका थिए । विशेष गरि हाम्रो सगरमाथा हाम्रो गौरब,कृषि विकासमा हाम्रो पौरख भन्ने मुल नाराका साथ दाबुटी शेर्पाले सफल आरोहण गरि कृषि विकासमा लाग्न सबैलाई आग्रह गरेको अभियान स्वरुप सम्मान तथा पत्रकार सम्मेलन गर्नै उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा करिब तीन सय जनाको हाराहारीमा आम जनमानसको उपस्थिति रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आनन्द पोख्रेलले सबै मानब जातीले सुन र पैसा खान नमिल्ने भएकोले कृषिबाट उत्पादित वस्तुमा नै आत्म निर्भर रहनु पर्ने भएकोले दाबुटी शेर्पाको नयाँ कदम स्वागत योग्य रहेको बताउनु भयो । यसमा हामी सबै नेपालीले गर्ब गर्नु पर्ने र यस्ती साहसी छोरी जन्माउने आमा बाबुलाई समेत धन्यबाद दिनु भयो ।

यसका लागी नेपाल सरकारले पनि वष्ठि कफी मेकरको रुपमा फोटो समेत राखेर विश्व सामु चिनाउनु पर्ने कुरा उहाँले बताउनु भयो । त्यस्तै विशिष्ट अतिथि आङ दावा शेर्पाले नेपाली महिलाले यस्तो दुष,साहस कार्य गर्दा नेपाल सरकारले पनि हौशला स्वरुप धेरथोर सहयोग गर्नु पर्ने बताउनु भयो ।

साथै अरु आरोहीले जति रकम पाएका छन् त्यत्ति नै बराबरको रकम सबैं आरोहीले पाउनु पर्ने धारणा समेत शेर्पाले राख्नु भएको थियो । प्रमुख अतिथि र विशिष्ट अतिथिको मन्तव्य पछि आरोही दाबुटी शेर्पाले आफ्नो अभियानको बारेमा प्रेस विज्ञाप्ती पढेर पत्रकारलाई जानकारी गराएका थिए ।

साथै आफ्नो अभियानमा सहयोग र हौशला प्रधान गर्र्ने विभिन्न संघ सस्था तथा व्यक्तिहरुलाई समेत धन्यबाद दिए । कार्यक्रमलाई सञ्चारकर्मी सोनाम याङजी शेर्पा र मोडल जाङमु इन शेर्पाले आकर्षक ढङ्गबाट सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्