सगरमाथा आरोही दुई नेपालीलाई सम्मान

कलाखबर संवाददाता,२९,जेठ–काठमाण्डौ । रेड च्यारेद्वारा सोमबार सम्मान तथा पत्रकार सम्मेलन कार्यक्रमको आयोजन गरिएको । अन्नपुर्ण होटल दरबारमार्गमा आयोजित सो कार्यक्रममा नेपालको पहिलो कफी बाष्ठि तथा यो वर्षको सफल आरोही दाबुटी शेर्पा र सहयोगी गाईड पासाङ ग्याल्जेन शेर्पालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आनन्द पोख्रेल रहेका थिए भने विशिष्ट अतिथिमा आङ दावा शेर्पा रहेका थिए । अन्य अतिथिहरुमा शेर्पा संघ तथा विभिन्न कफी सपका पदाधीकारीहरु रहेका थिए । विशेष गरि हाम्रो सगरमाथा हाम्रो गौरब,कृषि विकासमा हाम्रो पौरख भन्ने मुल नाराका साथ दाबुटी शेर्पाले सफल आरोहण गरि कृषि विकासमा लाग्न सबैलाई आग्रह गरेको अभियान स्वरुप सम्मान तथा पत्रकार सम्मेलन गर्नै उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा करिब तीन सय जनाको हाराहारीमा आम जनमानसको उपस्थिति रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आनन्द पोख्रेलले सबै मानब जातीले सुन र पैसा खान नमिल्ने भएकोले कृषिबाट उत्पादित वस्तुमा नै आत्म निर्भर रहनु पर्ने भएकोले दाबुटी शेर्पाको नयाँ कदम स्वागत योग्य रहेको बताउनु भयो । यसमा हामी सबै नेपालीले गर्ब गर्नु पर्ने र यस्ती साहसी छोरी जन्माउने आमा बाबुलाई समेत धन्यबाद दिनु भयो । यसका लागी नेपाल सरकारले पनि वष्ठि कफी मेकरको रुपमा फोटो समेत राखेर विश्व सामु चिनाउनु पर्ने कुरा उहाँले बताउनु भयो । त्यस्तै विशिष्ट अतिथि आङ दावा शेर्पाले … Continue reading सगरमाथा आरोही दुई नेपालीलाई सम्मान