Logo

सगरमाथाको चुचोरोमा कफी बनाउन जादै “बरिस्त” दाबुटी शेर्पा


 

राजकुमार राई, बैशाख–१,काठमाण्डौ । दोलखा जिल्ला सिमी गाउँमा जन्मेकी दाबुटी शेर्पाले सगरमाथाको चुचुरोमा कफी बनाउने भएकी छिन् । “हाम्रो सगरमाथा हाम्रो गौरब कृषि विकासमा हाम्रो पौरख” भन्ने मुल नाराका साथ सगरमाथा आरोहणमा निस्किएकी हुन । मंगलबार काठमाण्डौबाट लुक्ला प्रस्थान गरेकी शेर्पा अहिले प्रवेशद्वार नाम्चे बजार क्षेत्रमा आई पुगेको जानकारी कलाखबरलाई दिएको छ । उनले आउदो मेइ महिनाको २० तारिखका दिन सम्ममा चुचुरोमा पाईला चुम्ने योजना बनाएका छन् ।

 

टेक्सस कलेजबाट बीबीएस अध्धयन पुरा गरेकी दाबुटी शेर्पा सगरमाथाको चुचुरो चुमी नेपाली कफी बजारलाई विश्वसामु चिनाउने र कफी उत्पादनमा बृद्धि गरी स्वदेमा नै रोजगारको सृजना गर्ने मुख्य उद्देश्य रहेको बताउछिन् । “बरिस्त दाबुटी” नामले चिनिने शेर्पा सन् २०१३ मा लजिम्पाटमा भएको मितिनी क्याफेबाट बरिस्त भएका हुन् ।

६ बर्षको लामो अनुभवले उनी बरिस्त सुपरभईजर हुदै प्रशिक्षकको रूपमा काम गर्दै आईरहेकी छिन् । उनले अमेरिका र जापान लगायत अन्य धेरै देशमा जाने बिधार्थीहरूलाई बरिस्तको तालिम दिदै आएकी छिन् । शेर्पाले पहिला “बरिस्त सगरमाथा”आरोही भन्ने लक्ष्यले आरोहन गर्न लागेकी बताइन् ।

सभेन समिट एस्पिडिसन मार्फत सगरमाथा आरोहन गर्न लागेकी बरिस्त दाबुटी शेर्पाले सगरमाथामा कफीको ब्यानर र आदिवासी जनजाति मलिसियाको व्यानर समेत पु¥याउने भएकी छिन् । नेपाल शेर्पा सन्चार, शेर्पा विधार्थी सघंको सदस्य तथा महिला सन्जालकी उपाध्यक्षको रूपमा सामाजिक संघ संस्थामा समेत आबद्घ रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्