Logo

साँइलीुको फस्ट लुक पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक, पोस्टर यस्तो देखियो ।


कलाखबर संवाददाता, ३०,कात्तिक–काठमाण्डौं । कबड्डीु फेम निर्देशक रामबाबु गुरूङ निर्देशित पछिल्लो सिनेमा ुसाँइलीुको फस्ट लुक पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक गरिएको छ।
फिल्म चैत १५ गते रिलिज हुनेछ। निर्देशक गुरूङको लेखन रहेको सिनेमालाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् ।

फिल्ममा गौरव पहारी, मेनुका प्रधान तथा दयाहाङ राई मूख्य भूमिकामा रहेका छन्। प्रधानले फिल्मको शीर्ष भूमिकामा अभिनय गरेकी छन्। सिनेमाले वैदेशिक रोजगारीले नेपाली समाजमा दम्पतीमा सम्बन्धमा हुने उतारचढावको कथालाई आफ्नो विषय बनाएको छ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गौरव, मेनुका तथा दयाहाङका अलावा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्