Logo

साकेला पर्वको पाँचौ दिन टुँडिखेलमा यसतो देखियो,( फोटोफिचर सहित )


 

कलाखबर संवाददाता,२३,बैशाख – काठमाडौं । पूर्वीय नेपालका किराँत राईहरुले शनिबार टँडिखेलमा साकेला उभौली पर्व मनाएका छन् । हरेक बर्ष बैशाख शुक्ल पुर्णिमाबाट शुरु हुने किरात समुदायको महान साकेला उभौली पर्व किराँती समुदायले मनाउदै आएका छन् ।प्रकृति पुजक किराँत राईहरुले यस अवसरमा आफ्नो पुर्वजको सम्झना गर्दै भुमिको पुजा समेत गर्ने गर्छन् ।

 

उपत्यकामा यो बर्ष हात्तिवन स्थित किराँँत माङखिम, गोकर्ण, ललितपुर नखिपोछ लगायतका विभिन्न ठाउँमा पुजा गरि विधिवत रुपमा यो पर्व मनाएका छन् । किराँती समुदायले खेतीपाती सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आईनपरोस् भन्ने मुल उद्देश्यका साथ यो पर्व मनाउने गर्दछन् ।

बैशाख शुक्ल पुर्णिमाबाट शुरु भएको यो पर्व करिब महिना दिन सम्म मनाउने प्रचलन रहेको छ । साकेला पर्वको अवसरमा आफ्नो परम्परागत वेशभूषा र पहिरनमा सजिएका किराँतीहरु भेला भएर गोलबद्ध रुपमा ढोल र झ्याँँम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ ।पृथ्वीमा भएका सबै प्राणिहरु गर्मि छल्न उभो तिर जाने हुनाले उभौली र जाडो छल्न तलतिर झर्ने हुनाले उधौली पर्व भन्ने गरिएको छ ।

पूर्वीय नेपालका खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापालगायत किराँत समुदायको बसोबास रहेको जिल्लाहरुमो विशेष गरि यो पर्व मनाउने गरिन्छ ।साकेला पर्वलाई उभौली र उधौली गरि दुई चरणमा विभाजन गरिन्छ । अन्न वाली लगाउने समय अर्थात बैशाख शुक्ल पुर्णिमालाई उभौली र अन्नवाली उठाँउने समय मंसिर महिनालाई उधौली पर्व भन्ने गरिन्छ ।

विशेष गरि किराँतीहरुले आफ्नो घरको मुल चुला तथा साकेला थानमा पितृ भूमिको पूजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ । पूर्वीय नेपालका पल्लो किराँत,वल्लो किराँत,तथा माँझ किराँत राईहरुको भाषामा यसलाई सकेवा, साकेला अर्थात, साकेन्वा, साक्ले, साखेवा, तोषी, तोष, फोल्सादार, चासोक तङनाम, च्याब्रुङ समेत भन्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्