Logo

समाज सेवक , कलाकार के.सी. द्वारा शुभकामना आदनप्रदान



२६– कातिक, काठमाण्डौ, राजकुमार राई ।शान्त स्वभाव र मलिन भावनाले ओटप्रोट विश्वनाथ के.सी.को जन्म वि। स। २०२४ सालमा ललितपुर जिल्लामा भएको हो । उनी एक समाजका कुशल सर्जक तथा शान्तिका पूजारी हुन् । धर्मकर्म तथा समाज सेवा भने पछि हुरुक्क हुने उनी, थुप्रै संसस्थामा आबद्ध भएर विभिन्न महत्वपूर्ण पद समेत सम्हाल्दै आउनु भएको छ । हरेक संघसस्थाका प्रतिनिधि तथा बुद्धिजिबी प्रति उत्तिकै स्रद्धा भाव एवम् सामिप्यताको गाठो गाँस्न चाहाने उनी चर्चित कलाकार पनि हुन् । त्यसैको महान अभियन्ता स्वरुप महा लक्ष्मी नगर पालिका भित्रका विभिन्न बुद्धिजीवि एवम् लब्ध प्रतिष्ठीत ब्यक्तिहरुसंको आत्मियता बढाउनका लागी मिति २०७४ साल असोज १० गते दशै

तिहार विशेष शूभकामना आदनप्रदान कार्यक्रम समेत आफ्नै घरमा राखेका थिए । उहाको यो उदाहरणीय कार्यबाट प्रभावित हुदै उपस्थित तमाम आम सर्जकहरुले श्रद्धा सदभाब समेत ब्यक्त गरेका थिए । मेयर, उपमेयर, सभासद बुद्धिजीवि, धर्मका प्रतिनिधि, कालाकार, पत्रकार तथा सुरक्षा प्रमुख लगायतको ठूलो उपस्थिति गराई यस्तो महान कार्य गर्न सक्नु उहाको एक उदाहरणीय कार्य बनेको छ । उहाले समाजका प्रतिष्ठीत व्यत्तित्व एवम् अग्रनी पुरुषहरुलाई विभिन्न खादा तथा दोसल्ला समेत ओढाएर सम्मान गरेका थिए । विभिन्न सघंसस्थाले गर्न नसकेका यस्ता उदाहरणीय कार्य एकलौती रुपमा गरेर आफ्नो छुट्टै पहिचान बनाउन सक्नु उहाको एक महान्ता बनेको छ । उहाले गरेको यो महान कार्य प्रति उपस्थित तमाम् बुद्धिजीवि एवम् विभिन्न व्यक्तिहरुले मुक्तकण्ठले प्रशंसा समेत गरेका थिए ।

अन्तर धार्मिक संस्था, इमाडोल सामुहिक सेवा समाज, विद्यापुञ्ज इमाडोल स्कुल, विश्व हिन्दु युवा संघ र स्टेट नेपाल जस्ता विभिन्न संस्थाको महत्वपूर्ण पदमा आसिन भएर समाजसेवा समेत गरेका थिए । विं सं २०३५ सालदेखी आमा ,नाटक, शृङखलाबाट कलाकारिता क्षेत्रमा समेत प्रवेश गरेर के। सी ले भुमि फिल्मको निर्मान समेत गरेका थिए ।, को आफ्नो को पढाई, टेली फिल्मको निर्देशक, निर्माता तथा लेखन जस्ता महत्वपूर्ण भमिका निभाउदै सक्रिय रुपमा आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाएका थिए । निरञ्तर अथक प्रयास र लगनशीलततसँगै उहाको कलाकारिता जीवन सफल भएको तथा कथा लेखन् र निर्देशनमा पनि उहाको राम्रो खुबी भएको उहाकै सहयात्री तथा वष्ठि चलचित्रकर्मी खल नायक रमेश पोख्रेल कलाखबरलाई बताउनु भएको छ । करिब ढेड दशक लामो कलाकारिता क्षेत्रमा आफ्नो पकड जमाई सकेका के सी ।

२०५५ सालबाट भने अस्वस्थ जिवन विताउन बाध्य भए । नियतीको खेल कस्ले थाहा हुन्छ र ! एक्कासी सवारी दुर्घटमा परि उहाको जीवनमा बज्रपात आई परयो । यहि परिणाम स्वरुप उहाको जीवनले अर्कै मोड लियो । त्यसपछि भने उहाँ आफ्नो कलाकारिता क्षेत्रबाट केही समय विलय हुनु परयो । तर खाने मुखलाई जँुगाले छेक्दैन भनेजस्तै यही अस्वस्थ जीवनको भावजुटसँगै भए पनि समाज सेवा कार्यमा भने निरञ्तर लागी रहे । गतिशिल समयको माग अनि,स्वस्थ्यमा आएको सुधारसँगै वि।स।२०६१ सालबाट भने उहा झन सक्रिय रुपमा समाज सेवामा तल्लिन हुन थाले । हाल उहाले ईमाडोल कृष्ण प्रणामी मन्दिरको संरक्षक तथा पशुपति जात्रालाई व्यास्थापन गर्ने काममा महत्वपूर्ण भूमिका समेत निभाउदै आएको छ ।

यसरी हरेक मठमन्दिर , गुठी तथा विभिन्न धार्मिक संस्थाहरुको संरक्षण तथा धर्मकर्म प्रति असल आस्था बोकेका के।सी।ले धर्मको नाममा हत्या हिंशा र बली जस्ता कार्य भने समाजकै लागी नालायक भएको बताउनु बताउनु भयो साथै उनले नेपालमा विभिन्न जातजाती, भाषाभाषी तथा धर्म कर्मका आस्थाबादी भए पनि नेपाल चार जात छतीस वर्णको साझा सुन्दर फूलबारी भएकोले एकले अर्कालाई विरोध गर्न नमिल्ने समेत बताउनु भयो । साथै धर्मको नाम्मा जबरजस्ती आफ्नो धर्म परिवर्तन गर्न लगाउनु पनि ठूलो अपराध भएको उहाको बझाई छ । अबको भावी योजनाको रुपमा भने समाजका बुद्धिजिवी तथा लब्धप्रतिष्ठिट ब्यत्तिहरुसँग भेटघाट तथा सामिप्यता गाँस्दै अगाडी बढ्ने चाहाना भएको कलाकार के.सी.ले बताउनु भयो ।

यसरी समाजको पहरेदार र पुजारी बन्दै समाज रुपान्तरञ्का लागी निरन्तर आफ्नो यात्रालाई अगाडी बढाउने क्रम्मा समाजका विभिन्न बुद्धिजीवि तथा राजा ज्ञानेन्द्रको हातबाट समेत थुप्रै पुरस्कार तथा सम्मान समेत पाएका थिए । यस्ता देश र जनता अनि समाजको लागी केही गरौ र गराऔ भन्ने भावनाले ओप्रोट विश्वनाथ के. सी. जस्ता अरु नेत्तृत्व कर्ताको पनि यस धर्तिमा जन्म भएको भए ,अजको समाज अति सुन्दर अनि सिङगो देशको भविष्य नै कति उज्वल हुन्थ्यो होला । हामी परिकल्पनाको आशा गरौ उहाको यो असल कार्यले समाज परिवर्तन गर्न सकुन र समाजका बेतिथि हत्याहिंशा तथा विमेल जस्ता नालायक कुरा विरुद्ध शान्तिको विकुल फुक्न सकुन यही छ शुभकाना उहाँलाई ।

प्रतिक्रिया दिनुहोस्