Logo

‘कायरा’ हेर्न पुगेकी आर्यनकी श्रीमति सपना किन मिडियासँग तर्किइन् ?


कलाखवर सम्वाददाता, श्रावण २४ – शुक्रबारदेखि रिलिज भैरहेको चलचित्र ‘कायरा’को विशेष शोमा पुगेकी नायक तथा निर्माता आर्यन सिग्देलकी श्रीमति सपना भण्डारीले मिडियासँग कुनै प्रतिक्रिया दिन मानिन् ।

उनले, चलचित्र हेरिसकेपछि जय नेपाल हलबाट निस्कदै गर्दा आफूले कोही पनि नबोल्ने र मिडियासँग तर्किएकै हो भन्ने प्रतिक्रिया दिइन् । चलचित्रको बिषयमा मात्र बोल्नका लागि पत्रकारले गरेको आग्रहलाई पनि उनले अस्विकार गरिन् । आर्यन र सपनाले भने तस्बिर खिचाएका थिए ।

आखिर, किन आर्यन श्रीमति सपनाले चलचित्रको बिषयमा केही पनि बोल्न नमानेकी होलिन्, यो उनले नै जान्ने कुरा हो । लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यो चलचित्र हेर्नका लागि निर्देशक दीपाश्री निरौला, झरना थापा, नायिका करिश्मा मानन्धर, नायक रमेश उप्रेती लगायत पुगेका थिए ।

उनीहरुले चलचित्र केही लामो भएको बताउँदै लभ स्टोरी कथामा राम्रो चलचित्र बनेको बताए । प्रदर्शनको ३ दिनमै करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको यो चलचित्रमा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्