Logo

सेन्सर बोर्डको सदस्यमा उमेश खड्का नियुक्त


कलाखवर संम्वादाता ,पौष २१– चलचित्रमा भिलेनको अभिनय गर्दै आएका कलाकार उमेश खड्का चलचित्र सेन्सर बोर्डको बोर्ड सदस्य पदमा नियुक्त भएका छन् । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट खड्कालाई सो पदका लागि नियुक्त गरिएको हो । २०७४/९/१७ बाट लागु हुने गरी खड्का दुई बर्षका लागि सेन्सर बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।

६० भन्दा बढि चलचित्रमा मुख्य भिलेनको भूमिका निर्वाह गरेका उमेश २०५६ सालबाट चलचित्र क्षेत्रमा क्रियाशील रहेका छन् ।  ‘माया नमार’, ‘कहाँ भेटिएला’, ‘गंगाजल’, ‘पवज’ ‘तृण्णा’, ‘वोश’, ‘लावारिस’, ‘जीवनदाता’, ‘आवारा’जस्ता दजर्नाै चलचित्रको भिलेन अभिनयबाट उनले दर्शकको मनमा गहिरो छाप छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्