Logo

शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाखसम्म ऋण दिने सरकारको निर्णय


 

कलाखबर संवाददाता,१६,जेठ–काठमाडौ । अब सरकारले नयाँ योजना अनुरुप शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाख रुपैयाँसम्म ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आर्थिक बर्ष ०७५, ७६ को बजेट उक्त सार्वजनिक गर्दै यो कुरा व्यवस्था गरिएको बताउनु भयो ।

उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन लगिएको हो । त्यस्तो कर्जाको अनिवार्य सुरक्षण हुने र व्यवसायको विमा गर्ने व्यवस्था मिलाईने भएको छ ।

त्यस्तै, एक बर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने अभियान सञ्चालन गरिने भएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्