Logo

शनिको मार्मिक ,भाका भिज्यो परेली’ बोलको गीत सार्बजनिक


 

कलाखबर संवाददाता, १८ बैशाख– काठमाडौ । चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका सनी सुनवारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । निकै आशा लाग्दा कलाकारका रुपमा चिनिएका शनिको यो म्युजिक भिडियो भने नयाँ होइन । यस अघि पनि दुइ दर्जन जति गीतको म्यु्जिक भिडियोमा अभिनय गरिसकेका शनि विगत ३ बर्षदेखि यस क्षेत्रमा आफनो करियर डेभ्लोप गरिरहेका छन ।

निरन्तर गीत संगीतको क्षेत्रमा लागेका शनि यतिबेला एक पछि अर्को गर्दै म्युजिक भिडियोमा नै ब्यस्त रहेका छन । एकातिर शनिले अभिनय गरेको चलचित्र ‘एक्स्ट्रा माया’ यही जेठ २५ गते शुक्रबारका दिन हलहरुमा प्रदर्शनको तयारीमा छ । यता शनि भने म्युजिक भिडियोमा नै व्यस्त छन ।

शनिले अभिनय गरेको गायिका टिका प्रसाईंको स्वरमा रहेको ‘भिज्यो परेली’ बोलको गीत यतिबेला युटयुवमा सार्वजनिक भएको छ । लिला शरदको शब्द, नवीन कार्कीको सङ्गीत, पुरुषोत्तम सुवेदीको सङ्गीत सम्योजन रहेको सोही गीतको भिडियोमा शनिको साथमा सुविना राना मगरलाई फिचरिङ गरिएको छ ।सुविनाले यही गीतबाट नेपाली मोडलिङमा डेब्यु गरेकी हुन ।

पहिलो अनुभव आफुलाई सन्तोषजनक भएको सुविना बताउछिन । उनी अब यस क्षेत्रमा निरन्तर लाग्ने समेत बताइन ।

सार्वजनिक भएको गीतको भिडियोलाई एकान्त मगरले निर्देशन गरेको हुन । चलचित्रको निर्देशन समेत गरिसकेका एकान्त मगरले आकर्षक तरिकाबाट यस गीतलाई निर्देशन गर्नुका सार्थ कलात्मक तरिकाले निर्देशन गरेका कारण गीतको भिडियो अर्थपूर्ण रहेको छ । भिडियोलाई रनवीर मगर र इबपी मगरले छायाँकन गरेका हुन् ।

हेर्नुहोस भिडियोमा

प्रतिक्रिया दिनुहोस्