Logo

‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक


 

कलाखवर संम्वादाता ,पौष २०- नायक नरेन खड्का अभिनीत फिल्म ‘स्वर्ग मेरो गाउँ’को प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्मलाई माघ १२ गतेबाट प्रदर्शनमा ल्याइने निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँले जानकारी दिए। गाउँलाई स्वर्ग बनाउन लागी परेका युवाको कथामा फिल्म निर्माण भएको हो।

फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ। नायक नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’बाट आफ्नो फिल्मी करिअर उकालो लाग्नेमा आशावादी रहेको बताए। उनले भने, ‘यसपटक गाउँले युवकको भूमिकामा देखिँदैछु। राम्रो फिल्म बनेका कारण दर्शकले मनपराउनुहुन्छ भन्नेमा ढुक्क छु।’
यसअघि नायक नरेनले ‘परदेशी’, ‘मन्दिरा’, ‘हमेशा’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन्। पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ। गोविन्द राई फिल्मका कोरियोग्राफर हुन्।

प्रतिक्रिया दिनुहोस्