Logo

ऋचाको ‘सुनकेसरी’ ट्रेलर सार्वजनिक (भिडियो)



कलाखवर संवाददाता चैत ८ – अभिनेत्री ऋचा शर्माको निर्माण र अभिनय रहेको चलचित्र ‘सुनकेसरी’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजना गरिएको एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । हरर जनरामा बनेको चलचित्रको ट्रेलर निकै डरलाग्दो छ । चलचित्रका कलाकार र भूतप्रेतको चहलपहललाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएकी अभिनेत्री ऋचा शर्मा भन्छिन् ‘विदेशी हरर चलचित्र हेर्ने युवा पुस्ताहरू धेरै गएको देखे । त्यसैलाई मध्यनजर गर्दै हामीले ‘सुनकेशरी’ बनाएका हौ ।’ ऋचा आफू पनि हरर चलचित्रको फ्यान रहेको बताउँछिन् । चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन् । अस्ट्रेलियामा सम्पूर्ण छायाङ्कन गरिएको चलचित्रमा ऋचाको अलावा रबिन्द्र झा, सन्नी ढकाल, लारेन लाफबर्ग लगायतका कलाकारको अभिनय रहेको छ ।

झन्डै २ करोड लगानीमा निर्माण भएको चलचित्रका निर्माता ऋचा शर्मा, भीम न्यौपाने, शर्मिला सापकोटा हुन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगी रहेको छ भने रह शर्माको छायाङ्कन, इयान स्का्ट क्लेमेंटको सम्पादन रहेको छ । सुनकेसरी जेठ ११ गतेबाट अल नेपाल रिलिज हुदैँछ ।

प्रतिक्रिया दिनुहोस्