Logo

तेह्रजना कविद्वारा लिखित महाकाव्य ‘आरोहण’ को विमोचन सम्पन्न


काठमाण्डौ,१६–मंसिर राजकुमार राई । तेह्रजना कविहरूले लेखेका महाकाव्य ‘आरोहण’को विमोचन सम्पन्न भएको छ। राष्ट्रिष्य नाचघरमा आयोजित कार्यक्रममा साहित्यकार एवं समालोचक वासुदेव त्रिपाठीले कृतिको विमोचन गरेका हुन्।

महाकाव्य लेखनमा कविहरू प्रा। गोपीकृष्ण शर्मा, प्रा। राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुरप्रसाद शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाईं, नारायणप्रसाद पोखरेल, प्रा।जीवन अधिकारी, लेखप्रसाद निरौला, देवी नेपाल, रमेश शुभेच्छु र नारायण निरासी रहेका छन्।

महाकाव्य लेखनमका बारेमा बोल्दै प्रा। राजेन्द्र सुवेदीले भने,‘महाकाव्यको एउटा खाका तयार पार्न तेह्र कविको मनसँगै कथा मिल्नु जरुरी थियो, जो उनीहरूलाई हम्मे नै पर्यो। अन्त्यमा सबैको सहमति भूकम्प र विनाश विषयमा मिल्यो। २०७२ सालको भूकम्पले केन्द्रविन्दु बनाएको गोरखा नजरमा पर्यो। काव्य यसकै बारेमा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्