Logo

टयाक्सी ड्रईभरले पर्यटन ब्यावस्थापलाई हात काटीदिने धम्की दिए



१५,कातिक, ठमेल काठमाण्डौ, राजकुमार राई । बुधबार बेलुका पर्यटन ब्यावसायी र टयाक्सी ड्रईभर बीच भनाभन भएको छ । ठमेल क्षेत्रलाई स्वारी साधन मुक्त घोषणा स्वरुप अत्तेर गरि रोकिराखेको टयाक्सीलाई हटाउन खोज्दा ड्रईभरले उल्टै हात काटिदिने धम्कि दिएको छ । आफूलाई पर्यटन ब्यावस्थापकको टीमले पालैपालो थप्पर हानेको आरोप पनि लगाएको छ । ब पर्यटन बयावसायी तथा ब्यावस्थापक सदस्य अकिल थिङले कुनै हातपात नगरिएको बताएको छ ।

बरु बा२ज १२९६ नम्बरको टयाक्सी चालकले धम्कि दिएपछि चाबी मात्र खोसाएर ट्राफिक प्रहरी र प्रहरी बोलाएर जिम्मा लगाएको उहाले बताउनु भयो । पर्यटन ब्यावसायलाई मध्येनजर गर्दै ठमेल क्षेत्रलाई सफा र सुन्दर शहर तथा हिजडाहरुको आगमनलाई नियन्त्रण गर्नका लागी यस क्षेत्रमा स्वारी साधनलाई पार्किङ गर्न निषेध गरिएको समेत अकिलले बताउनु भयो । ठमेल क्षेत्रको कोलाहल र छाडाँपनले गर्दा पर्यटकहरुमा नराम्रो सन्देश गएको र पर्यटन ब्यावसायमा समेत नराम्रो असर परेको उहाको भनाई थियो ।

टयाक्सी चालकले मिटरमा जान अत्तेर गरी कयौ यात्रुलाई ठगी गरि रहेको समेत उहाले बताउनु भएको छ । टयाक्सी ड्राईभरले यात्रुलाई मिटरमा बोक्न बारम्बार आनाकानी गर्दै आएको नौलो कुरा भने होइन नै , तर पनि यस विषयमा सरकारले कुनै नितिनियम ल्याउनु त कता न कता उल्टै कानमा तेल हालेर बस्नु भने दुखद करा हो । यो अवस्थामा पर्यटन ब्यावसायीहरुले मिटरमा चढ्न नयाँ नियम ल्याएको प्रति स्वागत गर्नु पर्नै यात्रुहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्