‘द म्यान फ्रम काठमाण्डूको’ सुटिङ समाप्त

कलाखवर संम्वादाता ,पौष २१-द म्यान फ्रम काठमाण्डूको नेपालमा सुटिङ समाप्त भएको छ। बाँकी छायांकन हलिउड नगरी लस एन्जल्समा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

नेपाल इन्ड कल्यापको अवसरमा निर्माता संस्था ट्रिसिटी पिक्चर्सले मिडियासामु सिनेमाबारे जानकारी गराएको हो। क्युएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले बाँकी विश्वलाई नेपाली कथा सुनाउन सिनेमा प्रभावकारी हुने धारणा राखे।

पाँच करोड बजेट बताइएको फिल्ममा संलग्न विदेशी प्राविधिकबाट स्थानीय प्राविधिकले सीप सिकेको र मुलुकको प्रचारप्रसार समेत हुने धारणा उद्दिनको थियो। कागबेनी र सानो संसारले थालेको डिजिटल यात्रा द म्यान फ्रम काठमाण्डूसम्म आइपुग्दा नेपाली सिनेमाले ऐतिहासिक फड्को मारेको उनले बताए।

भारतीय, पाकिस्तानी र हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी फिल्मको वितरणमा चासो व्यक्त गरेको उनले जनाए। ‘भारतमा गुल्सन ग्रोवर र पाकिस्तानमा हमिद शेखमार्फत् त्यहाँका कम्पनीले चासो देखाएका छन्,’ उनले भने, ‘हलिउडमै सुटिङ र पोस्ट(प्रोडक्सन हुने भएकाले त्यहाँका कम्पनीले समेत रुची देखाएका छन्।’

निर्देशक पेमा धोन्डुपले उद्दिनले निर्माण गरेको कागबेनी हेरेपछि टीमअप गर्ने रुची पलाएको बताए। तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए।

फिल्मले अतिवादी इस्लामिक सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ। नेपाल आइपुग्दा उसबाट हटेको उक्त अतिवादी सोचको कथा द म्यान फ्रम काठमाण्डू हो। ‘खासगरि, डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि सिंगो विश्वमा फैलिएको अतिवाद र समकालीन राजनीतिको कथा यसले भन्छ र सान्दर्भिक पनि छ,’ निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ।’

‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो। यसबारे दुईवर्ष रिचर्स गरेँ। अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो,’ धोन्डुपले भने। निर्माता समेत रहेका उद्दिनले पछिल्लो समय नेपाली फिल्मको ब्यापारमा देखिएको बढोत्तरीले लगानीका लागि आफूहरुलाई हौसला मिलेको बताए।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...