Logo

‘उल्झन’को फर्स्टलुक सार्वजनिक


कलाखवर संम्वादाता ,पौस १९ – नेपाली फिल्म ‘उल्झन’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको फर्स्टलुकमा नायक ध्रुव दत्त, नायिका रजनी के।सी र अर्का नायक बेनी ढुंगाना मात्र पोष्टरमा अटेका छन्

नेपाल प्रदर्शन मिति चैत्र २ गतेलाई तय गरिएको फिल्मको युरोप प्रदर्शनको तयारीका लागि निर्देशक राजु अधिकारी यतिबेला युरोपमा छन् । ‘उल्झन’ जनवरी र फेब्रुअरीमा युरोप र लण्डनमा प्रदर्शन हुनेछ ।

तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको फिल्ममा नारायण ढुंगाना, नबिन अधिकारी र हरिकृष्ण कार्की निर्माता रहेका छन् । ‘उल्झन’ले युरोपमा रहेका नेपालीहरुको संघर्षको कथा बोल्छ । फिल्ममा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्