उल्टो साईकल ,चलचित्र निर्माण हुने,

१३—कातिक,काठमाडौं ,राजकुमार राई । विश्व शान्तिको कामना गर्दै ६३ देशमा उल्टो साइकल यात्रा गरिसकेका यात्री वीरेश दाहालको जीवन कथामा चलचित्र ‘उल्टो साइकल’ निर्माण हुने भएको छ ।श्रीराम दाहालको निर्देशनमा चलचित्र बन्न लागेको हो । दाहालले यस अगाडि चलचित्र लुकामारी निर्देशन गरेका थिए । चलचित्र बक्स अफिसमा असफल साबित भयो ।

राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका बिभिन्न पक्षबारे जानकारी गराइयो । झन्डै १ करोड ३० लाख लागतमा निर्माण हुने चलचित्रको छायांकन २७ पौषबाट थालिने निर्माण युनिटले जानकारी दियो ।जीता कटवालको लगानी रहने चलचित्रको छायांकन उदयपुर र मेची–महाकाली राजमार्गका विभिन्न स्थान गरिने बताएको छ ।

कलाकार र प्राविधिक छनौटको क्रममा रहेको चलचित्र बिग बुद्ध इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको हो ।बीरेशले २०६२ पौष २७ देखि विश्व शान्तिको कामना सहित ‘मेची–काली उल्टो साइकल यात्रा’ शुभारम्भ गरेका थिए । कार्यक्रममा निर्देशक दाहालले ६ वर्ष लगाएर चलचित्रको स्क्रिप्ट तयार पारेको बताए ।

उनले विश्वका हरेक मानवको मन मष्तिस्कमा आशा र उत्साह जगाउँदै जतिसुकै कठिन र कहाली लाग्दो उद्देश्यÞ र बाटो भए पनि दृढ इच्छा शक्ति भए सबै कुरा सम्भव छ भन्ने सन्देश चलचित्रले दिने निर्देशकले बताए ।

 

 

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...