Logo

एकसाथ ‘रेनी’ को गीत र ट्रेलर सार्वजनीक


कलाखवर सम्वाददाता, श्रावण २१ – त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘रेनी’ को ट्रेलर र मलाई नाइँ नाइँ बोलको गीत सार्वजनीक गरिएको छ । भदौ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको आइतबार राजधानीमा प्रेसमिट गरि गीत र ट्रेलर देखाइएको हो । बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको फिल्मको सो गीतमा नवअभिनेत्री सनम मल्ल र अभिनेता दिपक ढकाललाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

पुस्कर सुनुवारको स्वर र संगीत रहेको उक्त गीतको कोरियोग्राफी मदन खड्काले गरेका हुन् । गिरिश रिजालको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल,सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल,टंक डुम्रे,गुरु भुटिया, बिजय तिखातारिलगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्मात्री बिमलाले निकै मिहीनेतका साथ राम्रो फिल्म बनाएकाले सफल हुनेमा आफूहरु बिश्वस्त रहेको बताइन् । उनले आफूहरु फिल्म क्षेत्रमा नयां भए तापनि फिल्म चाहिं परिपक्क बनेको उल्लेख गरिन् ।

फिल्मकी स्क्रिप्ट राईटर र गीतकार समेत रहेकी नवअभिनेत्री सनमले ‘रेनी’ मा मायाप्रेम, हासो, रोदन, द्धन्द्धका साथमा सामाजीक बिषयलाई प्रस्तुत गरिएको जानकारी दिइन् । उनले आफू नयाँ भएकाले सबैको माया र साथले नै अघि बढ्न हौसला मिल्ने बताइन् ।

अभिनेता दीपकले रेनीको स्क्रिप्ट निकै मन परेको बताउदै आमदर्शकले फिल्म सफल गराइदिने बिश्वास ब्यस्त गरे । निर्देशक गिरिशले रेनी आफ्ना लागि बिशेष भएको बताउदै दर्शकले पनि मन पराउने दावी गरे । त्यसैगरी, कार्यक्रममा कमेडीयन टंक डुम्रे र बिजय तिखातारिले पनि आफ्नो भूमिकाबारे प्रष्ट्याएका थिए ।

शाही मल्ल फिल्मस्को ब्यानरमा निर्मित फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् । जयराम रिजालले खिचेको फिल्मका गीतमा बिनोद खुम्बुको पनि संगीत छ । फिल्मको द्धन्द्ध राजु किराँतीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्