Logo

यौन द्रुब्यवहारमा फसिन अभिनेत्री गौरी मल्ल


काठमाडौं,४–मंसिर कलाखबर संवाददाता । जापानमा बस्ने एक नेपालीबाट अभिनेत्री गौरी मल्ल यौन दुव्र्यवहारमा परेकी छिन् । अभिनेत्री मल्लले शाक्य थर गरेका एक नेपालीले यौन दुब्र्यवहार गरेको भन्दै दुतावासमा उजुरी दर्ता गराएकी छिन् । १८ जेठमा उजुरी दर्ता गराएपनि उनले पीडकको नाम भने सार्वजनिक गरेकी छैनन् ।

मल्लले आफुलाई जापानीज फिल्ममा काम दिलाई दिने भन्दै टोकियो बोलाएको र त्यही यौन दुब्र्यबहार गर्न खोजेको उजुरीमा उल्लेख छ । आफ्नो फिल्म हेरेर फ्यान भएको बताउँदै गौरीलाई बारम्वार ति युवकले फोन गर्ने गरेका थिए । गौरीका अनुसार फोन र इमेलबाट निरन्तर खवर पठाउन थालेपछि आफु जापान गएको बताइ ।

गौरी ती व्याक्तिको प्रस्ताव अनुसार गत मार्च महिनामा जापान गएकी थिइन् । जापान पुगेपछि आफू ती व्याक्तिबाट शारीरि तथा मानसिक दुव्र्यवहारका साथै यौनजन्य हिंसाको सिकार बनेको उनले खुलासा गरिन ।

प्रतिक्रिया दिनुहोस्