Logo

युवाको प्रेमकथामा आधारित चलचित्र ‘टिनएज’निमार्ण


 

कलाखबर संवाददाता,५,साउन– काठमाडौं । दिनेश पाख्रिनको निर्देशनमा चलचित्र ‘टिनएज’ निमार्ण भएको छ । यो चलचित्रले युवा पिडिलाई संस्कार सिकाउने निर्देशक पाख्रिनले बताएका छन् । राजधानीमा आयोजित पत्रकार भेटघाटको क्रममा उनले चलचित्रको बिभिन्न महत्वपुर्ण पक्षको समेत जानकारी दिए ।

टिनएज एक रोचक प्रेमकथामा बनेको चलचित्र रहेको समेत उहाले बताए । यसले प्रेम के हो ?प्रेम किन आवश्यक छ? जस्ता बिषयमा गहिरिएर देखाउखोजेका उहाको भनाई थियो । कार्यक्रममा पाख्रिनले चलचित्र २५ श्रावणबाट प्रर्दशनमा आउने समेत जानकारी दिए ।

निर्देशक पाख्रिनले आफ्नो चलचित्र अधिकांश नयाँ कलाकारले भरिएको जानकारी दिदै नयाँ कलाकारले पनि परफेट काम गरेकोले आफु निकै आसावादी रहेको सुनाए । कार्यक्रममा चलचित्रका कलाकारहरु नरेश बिर सिं, प्रतिक्षा खड्का, सरोज शाह, एन्जिला खड्गी,

सरिता राजोउपाध्याय, अजय खड्का, माया मगर लगायतको उपस्थित रहेको थियो । बिरु मगर, चिनिमाया वाइवा, देबिका खड्का, बुद्धिमान स्याङतान निर्मल आदि मिलेर चलचित्र बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्